स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

शनिबार, ०७ फागुन २०७८, १२ : ०१
स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । स्थानीय तहको निर्वाचन छिट्टै सम्पन्न हुन गईरहेको बताउदैं उनले त्यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरुबाट मुलुकको शासन व्यवस्था संचालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जाने सरकारको योजना पनि प्रस्तुत गर्ने बताए ।

७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले कोभिड १९ को प्रकोप नियन्त्रण गर्ने काममा सरकारले उल्लेखनीय सफलता हासिल गरेको दावी समेत गरे । स्वास्थ्य पूर्वाधार सेवाहरुको विस्तार र सुदृढिकरणगरी कोभिड महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सबैको समन्वयात्मक प्रयासबाट सो महामारीलाई छिट्टै परास्त गर्न सकिने विश्वास समेत व्यक्त गरे ।

उनले भने, ‘कोभिड १९ को प्रकोपलाई नियन्त्रण गर्ने सन्दर्भमा सरकारले देशभर खोप लगाउने अभियानलाई तीव्रता दिएको छ । र, यस कार्यमा उल्लेखनीय सफलता पनि हासिल भएको छ । सरकारले स्वास्थ्य पूर्वाधार सेवाहरुको विस्तार तथा सुदृढिकरण गरी महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको छ । हामी सबैको समन्वयात्मक प्रयासबाट कोभिडलाई छिट्टै परास्त गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुनेछौं भन्ने मैले विश्वास लिएको छु ।

हामी स्थानीय तहको चुनाव छिट्टै सम्पन्न गर्न गईरहेका बताउदैं उनले त्यसलगत्तै प्रदेश र संघीय तहको चुनाव पनि गर्नुपर्नेछ । ‘ती सबै चुनावहरुलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरुबाट मुलुकका शासन व्यवस्था संचालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जान हामी सबै प्रतिवद्ध हुन आवश्यक छ’, उनले भने । 

प्रधानमन्त्री देउवाले मुलुकको दू्रत गतिका लागि आर्थिक विकास र रुपान्तरण गर्न सरकारले चाहिरहेको पनि बताए । त्यस अवसरमा उनाँले सुन्दर नेपाल बनाउने सपनालाई साकार पार्न प्रजातन्त्र दिवसले सबैमा प्रेरणा प्रदान गर्ने शुभकामना पनि व्यक्त गरे ।  

प्रतिक्रिया दिनुहोस