तनहुँ– तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दशैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् । केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दशैँको टीका लगाउन पाउँदा रमाएका थिए ।
बन्दीपुरस्थित होटल हिमालय दरबारमा बसेका उनीहरुलाई होटल सञ्चालकले टीका र जमरा लगाइदिएका थिए । होटलका सञ्चालक वैश गुरुङले दशैँको टीका र जमरा लगाएपछि पर्यटकले खुसी व्यक्त गर्दै यस चाडको बारेमा सोधपुछ गरेको बताए ।
उनले भने, ‘नेपालीको रीतिरिवाज र कलासंस्कृतिबारे विदेशी पर्यटक उत्सुक भएको पायौ । दशैँको बारेमा सोधपुछ गरेपछि हामीले यस पर्वको बारेमा जानकारी गरायौँ ।’
केही दिनदेखि बन्दीपुर भ्रमणमा रहेका विदेशी पर्यटकलाई दशैँ टीका लगाएर बिदाइ गरेको उनको भनाइ छ । दशैँ सुरु भएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको गुरुङले बताए । उनले भने, ‘अब बन्दीपुरमा पर्यटकको चहलपहल हुने समय हो । विदेशी पर्यटकको आगमन बढ्दो अवस्थामा छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ असोज २०८१, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
८३ कैदीबन्दीले कारागारमै लगाए दसैँको टीका
दशैंको टीका र आशीर्वाद लिनेक्रम आजपनि जारी
टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा
दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा
यस वर्ष दसैँको टीका लगाउने उत्तम साइत कति बजे?
राष्ट्रपतिले भीआईपीलाई, कर्मचारी र सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिने