एजेन्सी । भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’को १५औं संस्करणका प्रतियोगी करण कुन्द्राले ‘बिग बोस’मा सर्वाधिक पारिश्रमिक लिने प्रतियोगिका रुपमा नाम दर्ता गराएका छन् । उनले यो शोमा सहभागिता जनाएबापत ४.५ करोड रुपैयाँ पारिश्रमिक बुझेका छन् ।
करणको भारतमा राम्रो फ्यान फलोइङ छ । उनको लोकप्रियतालाई मध्येनजर गर्दै शोका निर्माताले पारिश्रमिक बापत ४.५ करोडको चेक दिएका छन् । करणको ‘बिग बोस १५’ को यात्रा निकै स्मरणीय रह्यो ।
यद्यपि, उनले ट्रफी भने उचाल्न पाएनन् । उनी शोमा सेकेण्ड रनरअप बनेका थिए । शोमा तेजस्वी प्रकाशले शीर्ष उपाधि पोल्टामा पारेकी थिइन् । यही शोको समयमा करण र तेजस्वीको प्रेम चर्चा चलेका थियो । दुवैबीच कैयौं पटक टकराव देखिए पनि पुनः उनीहरु मिल्ने गरेका थिए ।
‘बिग बोस’को घरबाट बाहिर आउनासाथ करणले सबैभन्दा पहिला तेजस्वीको विजयोत्सव मनाएका थिए । उनले तेजस्वीको कोठा सजाएर तेजस्वीलाई ‘सरप्राइज’ दिएका थिए । अहिले उनीहरु प्रायः सँगै देखिन्छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०६ फागुन २०७८, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुनव्वर फारुकीले जिते बिग बोस –१७ को उपाधि