सर्लाहीको लालबन्दीमा स्कुटर दुर्घटना, चालकको ज्यान गयो

सफल खबर संवाददाता

बुधबार, ०४ फागुन २०७८, ०९ : ११
सर्लाहीको लालबन्दीमा स्कुटर दुर्घटना, चालकको ज्यान गयो

सर्लाही । सर्लाहीको लालबन्दीमा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा धनुषाको मिथिला नगरपालिका(६, ढल्केवर बस्ने ६० वर्षीय रामलाल पाख्रिन रहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । पाख्रिन सवार ज १२ प ३८०३ नम्बरको स्कुटर लालबन्दी नगपालिका(९, स्थित भित्री सडक खण्डमा दुर्घटना भएको इलाका प्रहरी लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए । 

स्कुटर दुर्घटनामा परेर गम्भीर घाइते भएका पाख्रिनको उपचारका क्रममा विराटनगर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।