काठमाडौं । केही दिनदेखि दक्षिण कोरियामा पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ ।
पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लगाइएको र १४ फेब्रुअरीमा तय भएको नियमित उडान तालिका स्थगन गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धत गर्दै सउलस्थित नेपाली दूतावासले जानकारी गराएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी लामो पर्खाइपछि १४ फेब्रुअरीमा उडान तय भइ रोकिएका श्रमिकहरूको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेको बताए ।
सङ्क्रमण दर कम हुनासाथ रोकिएका श्रमिकहरूलाई तत्काल पठाउने व्यवस्था गर्ने विश्वास उनले दिलाए । रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली श्रमिक लामो समयदेखि रोकिएकामा सरकारले पहल गरेर नियमित रूपमा जाने व्यवस्था गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ माघ २०७८, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति योल पक्राउ
अपडेट : दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार
दक्षिण कोरिया विमान दुर्घटना अपडेट: ८५ जनाको शव फेला
दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव पास
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा
प्रधानमन्त्रीलाई शक्ति सुम्पने दक्षिण कोरियाली राष्ट्रपतिको फैसला