काठमाडौं । खार्पुनाथ गाउँपालिका-४ को लेखगाउँ जानेबाटो नजिक रहेको मेलरुखमा भेटिएको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
गत शुक्रबार दिउँसो १२ बजे खार्पुनाथ गाउँपालिका-४ लेख गाउँका स्थानीय सिन्दान्ता जेठाराले बाटोमा हिँड्ने क्रममा बम फेला पारेका थिए ।
स्थानीय जेठाराले बम फेला पारे लगत्तै प्रहरी चौकी यांचुलाई खबर गरेका थिए । खार्पुनाथ गाउँपालिकामा रहेको प्रहरी चौकी याँचुले खबर पाए लगत्तै प्रहरी सहायक निरीक्षक जगदीश भण्डारीको नेतृत्वमा प्रहरी टोली खटाएको थियो ।
प्रहरी सहायक निरीक्षक भण्डारी नेतृत्वको टोलिले सकेट बम रहेको र बम पुरानो खिया लागेको प्रमाणित गरेको थियो । त्यस लगत्तै बम डिस्पोजलका लागि बरादल गुल्म रानावनबाट सेनानी गणेश खड्काको नेतृत्वको टोलीले बम डिस्पोज गरेको सहायक प्रमुख जिल्ला अधिकारी दशरत राईले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ माघ २०७८, १८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय
पाकिस्तानको दक्षिण-पश्चिम क्षेत्रमा बम बिष्फोट : १३ जनाको मृत्यु, २५ घाइते
दिल्लीबाट काठमाडौँ आएको जहाजमा बम राखेको आशंका, सेनाको बम डिस्पोजल टोली परिचालन
उडिरहेको इन्डिगो विमानमा दोस्रोपटक बमको धम्की