काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले प्रमुख पार्टीका शीर्ष नेताहरुलाई अमेरिकी मन्त्रीले एमसीसी पास गर्न धम्की र चेतावनी दिएको भन्दै त्यसबारे जानकारी माग गरेका छन् ।
एमसीसीले दिएको डेडलाइन नजिक आउँदा पनि दलहरु निर्णयमा पुग्न नसकिरहेको बेला बिहीबार अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शीर्ष नेताहरुलाई फोन गरि पास गर्न दबाब दिएको समाचार अनलाइनखबर डट्कममा प्रकाशन भएपछि नेता रावलले शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी र धम्की दिएको भन्ने समाचारहरु आएकाले यसबारे यथार्थ जानकारी दिन माग गरेका छन् ।
यदि यसरी धम्की दिइएको भए एमसीसीसँगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानकाविरूद्ध भएको थप पुष्टि हुने उनको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन् 'अनुदान' मा धम्की ?!'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ माघ २०७८, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले परिषद् बैठकमा किन गएनन् नेता भीम रावल ?
'चौबीसै घण्टा सत्ता स्वार्थमा लाग्दा देश तहसनहस हुदैछ : भीम रावल
नेकपा एमालेको चियापानमा भीम रावल उपस्थित
देश जोगाउन सङ्घीयता खारेज गर्नुपर्छ : भीम रावल
नेपाली भू–भागमा भारतीय प्रधानमन्त्रीको घुसपैठ आपत्तिजनक : भीम रावल
एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा भीम रावललाई निषेध