नेविसंघको महाधिवेशन गर्न दबाब दिदै पार्टी कार्यालय सानेपामा प्रदर्शन

सफल खबर संवाददाता

विहीबार, २७ माघ २०७८, १५ : २४
नेविसंघको महाधिवेशन गर्न दबाब दिदै पार्टी कार्यालय सानेपामा प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । संघको महाधिवेशनको माग गर्दै उनीहरुले पार्टी कार्यालयमा प्रदर्शन गरेका हुन् ।

म्याद सकिएका भ्रातृ संस्थाहरूमा तदर्थ समिति बनाएर महाधिवेशनको म्यान्डेट दिनुपर्ने र रिक्त पदमा मात्र मनोनयन गर्नुपर्ने उनीहरुको माग छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पुगेका नेताहरुलाई उनीहरुले संघलाई अन्यौलमा नराख्न आग्रह गरेका छन् ।

नेविसंघका विद्यार्थी नेता सुशील भट्टले पार्टीका भातृसंगठनलाई निष्कृय नबनाउन ध्यानाकर्षण गराइएको बताए । महाधिवेशन सुनिश्चीत गर्न दवाव आवश्यक रहेको उनको भनाइ छ ।

सो क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भातृ संगठनको बिषयमा उचित निर्णय गर्ने जानकारी दिए । लामो समयदेखि नेविसंघको अधिवेशन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस