काँग्रेस पदाधिकारी बैठक आज बस्दै

सफल खबर संवाददाता

बुधबार, २६ माघ २०७८, ०९ : ४६
काँग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्ने पनि बस्ने भएको छ । भोलि बस्ने काँग्रेसको कार्य सम्पादन समितिको बैठक बस्नुअघि आज पदाधिकारी बैठक बस्न लागको हो ।

काँग्रेस स्रोतका अनुसार बैठक आज दिउँसो साढे २ बजे सानेपामा बस्नेछ । काँग्रेसको पदाधिकारी बैठक मंगलबार हिजो पनि बसेको थियो । तर प्रधानमन्त्री एंव सभापति शेरबहादुर देउवा उपस्थित भएका थिएनन् । सो कारण आज पनि पुन पदाधिकारी बैठक बस्न लागेको हो ।

आजको बैठकमा भ्रातृ संस्थाका अधिवेशन र बाँकी १६ जिल्लाको अधिवेशनबारे हुने छलफलबारे पूर्व विमर्श हुने बताइएको छ । जसको पूर्ण छलफल भोलिको केन्द्रीय कार्य सम्पादन समितिमा हुनेछ । मंगलबार भने पछिल्लो राजनीतिक परिस्थिति र स्थानीय निर्वाचनका बारेका कुराकानी भएको थियो ।