प्रतिनिधिसभा बैठक फागुन २ गते

सफल खबर संवाददाता

बुधबार, २६ माघ २०७८, ०८ : ००
प्रतिनिधिसभा बैठक फागुन २ गते

काठमाडौं । प्रतिनिधिसभाको बुधबार दउँसो १ बजेका लागि बोलाइएको बैठक फागुन २ गते दिउँसो १ बजेका लागि सारिएको छ।

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ। यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस