सुनचाँदीको मुल्य बढ्यो, कति पुग्यो तोलाको ?

सफल खबर संवाददाता

सोमबार, २४ माघ २०७८, १० : ५८
सुनचाँदीको मुल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । सोमबार सुनचाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले र चाँदी पाँच रुपैयाँले बढेको हो । 

बढेको मूल्य अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा र चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा र चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज यता तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनको तुलनामा तोलामा एक सय रुपैयाँले नै बढ्दै ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस