कोरोना अपडेट : थप १ हजार ७१४ जनामा संक्रमण पुष्टि, ११ जनाको मृत्‍यु

सफल खबर संवाददाता

आइतबार, २३ माघ २०७८, १६ : ३२
कोरोना अपडेट : थप १ हजार ७१४ जनामा संक्रमण पुष्टि, ११ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४४२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८३ जना र २ हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ जना गरी १ हजार ३८६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप ८ हजार ७०४ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट थप  ११ जनाको मृत्‍यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८१४ छ ।

प्रतिक्रिया दिनुहोस