कोरोना अपडेट: थप १ हजार ७१४ जनामा संक्रमण पुष्टि,९ जनाको मृत्‍यु

सफल खबर संवाददाता

शनिबार, २२ माघ २०७८, १७ : ३४
कोरोना अपडेट: थप १ हजार ७१४ जनामा संक्रमण पुष्टि,९ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ३ हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ जना गरी १ हजार ७१४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप ४ हजार ७७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट थप ९ जनाको मृत्‍यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८०३ छ ।

प्रतिक्रिया दिनुहोस