काठमाडौं । सरकारले विभिन्न समयमा पटकपटक गरेर पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यातायात व्यवसायीले गाडी भाडा वृद्धि गर्नुपर्नेमा जोड दिन थालेका छन् ।
नेपाल आयाल निगमले अन्तर्राष्ट्रियस्तरमा नै मूल्यवृद्धि भएको भन्दै विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दै आएको छ । यातायात व्यवसायीहरूले पेट्रोलियम पदार्थको बढेको मूल्यअनुसार भाडा समायोजन हुनुपर्ने बताएका हुन् । उनीहरूले अहिलेको अवस्थामा पुरानो भाडाअनुसार लागत नै उठाउन समस्या परेको तर्क गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा लागत उठाउन समस्या देखिन थालेको बताएका छन् । मूल्यवृद्धिअनुसार वैज्ञानिक भाडा समायोजन हुनुपर्नेमा उनको जोड छ ।
व्यवसायीहरूले सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरूप भाडादरमा पेट्रोलियम पदार्थको मूल्यको भार ३५ प्रतिशत रहेको बताएका छन् ।
सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिरहँदा व्यवसायीले पनि भाडा वृद्धि गर्नेमा लाग्दा सार्वजनिक सवारी चढ्ने प्रयोगकर्ताहरू भने यसको मारमा पर्ने देखिएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २२ माघ २०७८, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मौलिक पोसाक भाडामा लगाएर आम्दानी
माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी