मानव कल्याण केन्द्रको पहिलो वार्षिक साधारणसभा सम्पन्न

शनिबार, २२ बैशाख २०७५, १९ : २६
मानव कल्याण केन्द्रको पहिलो वार्षिक साधारणसभा सम्पन्न

मानवको विकासका लागी भलो हुने काम आफुले सधै गर्न तयार रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । शनिबार मानव कल्याण केन्द्रको पहिलो वार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा उनीहरुले समाजको सकारात्मक विकासका लागी मानव नै जिम्मेबार रहेकोमा समेत जोड दिएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि मानव कल्याण केन्द्रका सल्लाहाकार एवम् समाजसेवी चण्डी प्रसाद पाठकले मानव हितमा हुने काम गर्न आफु सदैव उत्साहित रहेको बताउनुभयो । सो क्रममा उहाले मानव कल्याण केन्द्रले मानवको कल्याणका लागी आयोजना गर्ने कुनै पनि कार्यक्रमका लागी आफुले सक्दो मद्दत गर्ने प्रतिवद्धता जनाउनुभयो ।

योगी भगवान दास विशिष्ठ अतिथि रहनुभएको सो कार्यक्रममा संस्थाकी उपाध्यक्ष सिता देवकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा संस्थाकी सहसचिव मिठ्ठु लामीछानेले सचिवको प्रतिवेदन र संस्थाकी कोषाध्यक्ष लक्ष्मी रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष माया पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस