निःशुल्क सिलाई कटाई तालिम उद्घाटन

शनिबार, २२ बैशाख २०७५, १९ : २२
निःशुल्क सिलाई कटाई तालिम उद्घाटन

चितवन । भरतपुर महानगरपालिका वडा नं. १२ वडा कार्यालयको आयोजनामा तीन महिने निःशुल्क सिलाई कटाई तालिम आज (शनिबार) बाट शुरु भएको छ । तालिमको वडा अध्यक्ष नरेन्द्र कन्दङ्वाले एक समारोहका बीच उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा वडा अध्यक्ष कन्दङ्वाले तालिममा सिकेको सीपलाई व्यवहार उतार्नुपर्ने बताउनुभयो । वडा सदस्य विमला भट्टराई, चेतना टोल विकास संस्थाका अध्यक्ष पदम रेग्मी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । वडा सचिव महेन्द्र कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता वडा सदस्य देवी परियारले गर्नुभएको थियो ।

भरतपुर १२ चेतना टोलस्थित अंकित टेलरमा सञ्चालन हुने तालिममा भरतपुर १२ का विभिन्न टोलका गरी १७ जनाको प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । प्रशिक्षार्थीहरु अधिकांश दलित समुदायका रहेका छन् । तालिममा राधिका परियारले प्रशिक्षण दिनुहुने छ ।
यस अघि भरतपुर १२ वडा कार्यालयले तीन महिने निःशुल्क ब्यूटिसियन तालिम शुरु गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस