कोरोना अपडेट: थप ३ हजार १७५ जनामा संक्रमण पुष्टि, १४ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २० माघ २०७८, १७ : २९
कोरोना अपडेट: थप ३ हजार १७५ जनामा संक्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२  जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३१७५ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप ८ हजार ७२३ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट थप १४ जनाको मृत्‍यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ७७८ छ ।

प्रतिक्रिया दिनुहोस