कोरोना अपडेट : थप ३ हजार ६३७ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १९ माघ २०७८, १६ : ३८
कोरोना अपडेट : थप ३ हजार ६३७ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ६३७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी ३ हजार ६३७ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप ७ हजार ५५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट थप १२ जनाको मृत्‍यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ७६४ छ ।

प्रतिक्रिया दिनुहोस