ताप्लेजुङमा समुदायको सक्रियतामा सडक निर्माण

शनिबार, २२ बैशाख २०७५, १३ : ५२
ताप्लेजुङमा  समुदायको सक्रियतामा  सडक निर्माण

प्रतिकात्मक फोटो

ताप्लेजुङ । ताप्लेजुङका ग्रामीण क्षेत्रका स्थानीयवासीले आफ्नै लगानीमा सडक निर्माण शुरु गरी आफ्नो गाउँलाई यातायातको पहुँचमा पु¥याएका छन् । जिल्लाको सिरिजंघा र सिदिङ्वा गाउँपालिकाका विभिन्न वडाका स्थानीयवासीले आफ्नै लगानीबाट सडक निर्माण शुरु गरी कच्ची सडक आफ्नो गाउँसम्म पु¥याएका हुन् ।

सरकारद्धारा भइरहेको सडक निर्माणको गतिसुस्त भएको भन्दै स्थानीयवासीले शुरुमा रु एक करोड संकलन गरेर २०७२ सालदेखि सडक विस्तारको काम शुरु गरेका थिए । सिरिजंघा गाउँपालिकामा पर्ने साविकको आम्वेगु दिनको हप्पुखोलाबाट शुरु गरिएको निर्माणकार्य हाल साविककै खेवाङ गाविससम्म पुगेको छ । हप्पुखोलादेखि झण्डै ८ किलोमिटरमा पर्ने सिदिङ्वा गाउँपालिकाको मेहेलेस्थित बाँकेटारसम्म समुदायको लगानीमा सडकको ट्र्याक खोलिएको र त्यसपछि साविक जिल्ला विकास समिति र स्थानीय तहको झण्डै रु दुई करोड बढीको सहयोगमा थप बाटो निर्माण भइरहेको बताइएको छ ।
साविकका गाविस खेवाङ, शुरुम्खिम र मेहेलेबाटप्रति गाविस ३७ लाखका दरले पैसा जम्मा गरेर सडक निर्माण प्रारम्भ गरिएको आम्वेगु दिन मेहेले शुरुम्खिम, खेवाङ याम्फुदिन सडक उपभोक्ता समिति अध्यक्ष तीर्ज लिङ्देनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रति घरपरिवारले रु पाँच हजारदेखि एक लाखसम्म सडक निर्माणका लागि दिएका छन् ।

कच्ची सडक गाउँमा पुगेसँगै ती ठाउँमा साना सवारी साधन गुड्न थालेका छन् भने स्थानीयवासीमा खुशीयाली छाएको छ । अहिले खेवाङ हुँदै याम्फु दिनसम्मको सडक निर्माणकार्य जारी रहेको छ । कञ्चनजंघा पर्यटकीय मार्ग नामाकरण गरिएको उक्त सडक मेहेले, शुरुम्खिम, खेवाङ र मामांखे हुँदै याम्फुदिनसम्म जोडिन्छ । सडक निर्माणपछि भने सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने र आफूहरुको जनजीवनमा समेत परिवर्तन आउने स्थानीयवासीको भनाइ छ । (रासस)

प्रतिक्रिया दिनुहोस