कोरोना अपडेट : थप ५ हजार २९२ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १७ माघ २०७८, १७ : १५
कोरोना अपडेट : थप ५ हजार २९२ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी ५ हजार २९२ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप ८ हजार १९१ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट थप ८ जनाको मृत्‍यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ७४३ छ ।

प्रतिक्रिया दिनुहोस