केएनपीले दियो तिवारीलाई ५ लाख रुपैयाँको बम्पर पुरस्कार

सफल खबर संवाददाता

सोमबार, १७ माघ २०७८, १३ : ५०
केएनपीले दियो तिवारीलाई ५ लाख रुपैयाँको बम्पर पुरस्कार

चितवन । जापानकै सर्वोत्कृष्ट हेल्दी होम पेन्ट्स केएनपी जापानले सोमबार ५ लाख रुपैयाँको बम्पर पुरस्कार वितरण गरेको छ । सोमबार भरतपुरमा आयोजित एक समारोहका बिच कम्पनीले ‘केएनपीकोे रंगमा दंग, बम्परमा ५ लाखसंग’ उपहार योजनाको बम्पर पुरस्कार ५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । उनलाई केएनपी जापान प्रा. लि.का टेरीटोरी सेल्स इन्चार्ज राकेश तिमल्सिनाले पुरस्कार रकम हस्तान्तरण गरेका हुन् ।

उक्त उपहार योजना अन्तर्गत भरतपुर–७, कृष्णपुर निवासी पुण्यशिला तिवारीले बम्पर लक्की ड्र मार्फत ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भएकी थिइन् । बम्पर पुरस्कार  बिजेताको घोषणा गत मंसिर २५ गते इमेज च्यानलको लोकप्रिय कार्यक्रम ‘म्युजिक अफ योर च्वाईस’ मार्फत प्रत्यक्ष रुपमा गरिएको थियो ।

केएनपी जापान प्रा. लि. ले नेपालीहरुको महानपर्व बडादशैं र शुभ दिपावलीको पावन अवसरमा उपभोक्ता लक्षित उपहार योजना सार्वजनिक गरेको थियो । जस अन्तर्गत केएनपीका उत्पादनहरुमध्ये माइका मार्बल, एक्सेल टोटल र इम्प्रेसन २४ क्यारेटको भ्याटबाहेक ६० हजार खरिद गर्ने उपभोक्ताहरुले हात खाली नजाने गरी थालीसेट प्राप्त गरेका थिए ।

सोही भ्याटबिललाई एसएमएस प्रक्रियाबाट दर्ता गराई २०७८ भाद्र २५ गतेदेखि कार्तिक मसान्तसम्म हरेक हप्ता एक जना भाग्यशाली बिजेताले लक्की ड्र मार्फत २० हजार रुपैयाँ प्राप्त गरेका थिए । जस्को प्रत्यक्ष प्रसारण केएनपी जापान प्रा. लि. को आधिकारीक फेसबुक पेजबाट गरिएको थियो ।

दक्षिण एसियाली मुलुक भारत, श्रीलंका, बंगलादेश, नेपालसहित विश्वका १०० भन्दा बढी देशमा केएनपी जापान प्रा. लि. ले आफ्नो उत्पादनलाई बिक्री वितरण गर्दै आएको छ । एक शताब्दीभन्दा लामो समय पेन्ट उत्पादन र अनुसन्धान एवं विकासमा सक्रिय कम्पनीले उपभोक्ताको स्वास्थ्यप्रति सचेत बन्दै लिड फ्रि कन्टेन र लो भिओसी कन्टेनको उत्पादनमा जोड दिदै आएको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस