समाजवादी प्रेस सङ्गठनको राष्ट्रिय सम्मेलन फागुन ७ गते

सफल खबर संवाददाता

आइतबार, १६ माघ २०७८, २० : ४२
समाजवादी प्रेस सङ्गठनको राष्ट्रिय सम्मेलन फागुन ७ गते

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले आगामी फागुन ७ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ ।

सम्मेलनका लागि आवश्यक विधानको प्रारम्भिक मस्यौदा तयार गरिएको छ भने तयारी बैठक भइरहेका छन् । सम्मेलन तयारी समितिले सम्मेलनमा सहभागी प्रतिनिधिको सूची तयार गरिरहेको छ । तोकिएको समयमा सम्मेलनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न सम्बन्धित पक्षसँग सुझाव सङ्कलन, बैठक, परामर्श गरिरहेको अध्यक्ष शम्भु श्रेष्ठले जानकारी दिए । 

महासचिव भूपराज खड्काको संयोजकत्वमा विधानको मस्यौदा तयार भएको छ । १० परिच्छेदका साथै पाँच अनुसूची भएको मस्यौदा सम्बन्धित पक्षका साथै विज्ञसँग व्यापक रुपमा छलफलका लागि पठाइएको छ । देशभर रहेका मातहतका सङ्गठनमार्फत विधानको मस्यौदा सबै प्रदेश तथा जिल्ला समितिमा छलफलका लागि प्रेषित गरिएको छ । 

प्रतिक्रिया दिनुहोस