तेल अभिभ । आइतबारदेखि इजरायल र प्यालेष्टिनी सशस्त्र समूह हमासबिच गाजामा युद्धविराम सम्झौता लागू हुँदै थियो । भनेको समयमा युद्धविराम सुरु त भएन, यसबिच इजरायली सेनाले आक्रमण तीव्र बनाउँदा गाजामा धमाधम मान्छे मरिरहेको खबर आइरहेको छ ।
युद्धविराम लागू हुनुपर्ने समयदेखि पहिलो एक घन्टाभित्र इजरायली सेनाले गरेको आक्रमणमा परेर आठ जनाको मृत्यु भएको छ । गाजा हमासले चलाइरहेको नागरिक रक्षा एजेन्सीका प्रवक्ताले यसको जानकारी दिएका हुन् ।
गाजा सहरमा पाँच जना मारिएको महमुद बसलले भनेका छन् । अरू तीन जना सहरको उत्तरतिर भएको आक्रमणमा मारिएका हुन् । यी आक्रमणमा परेर २५ जना घाइते भएको उनले बताएका छन् ।गाजामा धुवाँको ठुला मुस्लो उठिरहेको भिडियोहरू सार्वजनिक भइरहेका छन् । यसैबिच इजरायली सेनाले एक इजरायली सेनाको शव फेला पारेको छ ।
स्टाफ सर्जेन्ट ओरन शल सन् २०१४ मा गाजा युद्धको क्रममा मारिएको र उनको शव हमासले राखिराखेको बताइएको छ । हमासले गाजामा आइतबार देखि लागू हुने भनिएको नयाँ युद्ध विरामको सम्झौता अनुसार शलको शव बुझाउन थालेको ठानिएको छ ।
हमासको कब्जामा यतिबेला सन् २०२३ को अक्टोबरमा इजरायलमाथि हमला गर्नु अघि बन्धक बनाएका तीन जना इजरायली बन्दी पनि छन् । यीमध्ये एक जना सिपाही हदल गोल्डिन भएको र अन्य दुई जना भने आम इजरायली हुन् । गोल्डिन २०१४ को गाजा युद्धमा मारिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ माघ २०८१, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युद्ध अन्त्य गर्न माग गर्दै गाजावासीहरू हमासविरुद्ध प्रदर्शनमा उत्रिए
गाजामा युद्ध फेरि सुरुः निराश थाइल्याण्डद्वारा बन्धक रिहाइको माग
झापाबाट १६ सय ३६ किलो गाँजा बरामद
गाजामा इजरायली हमलामा कम्तीमा ४० जनाको मृत्यु
हवाई हमलापछि गाजामा इजरायलको स्थलगत आक्रमण तीव्र
गाजामा भीषण आक्रमण, एकैदिन ४०० को मृत्यु