एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लाग्यो: माधव नेपाल

सफल खबर संवाददाता

शनिबार, १५ माघ २०७८, १२ : २७
एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लाग्यो: माधव नेपाल

काठमाडौं । राष्ट्रियसभा उपचुनावमा नेकपा एसका उम्मेदवारले जितेकोमा हौसिँदै पार्टी अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिह्न सूर्यमा क्रमशः ग्रहण लागेको टिप्पणी गरेका छन् । राष्ट्रियसभा चुनावमा गठबन्धनका तर्फबाट उठेका प्रायः सबै उम्मेदवारले जितेको फेहरिस्त प्रस्तुत गर्दै अध्यक्ष नेपालले आगामी दिनमा आफूहरुको चुनाव चिह्न कलम चम्कँदै जाने र सूर्य कमजोर हुँदै जाने दाबी गरेका हुन् ।

आफूहरुको मुख्य चुनौती एमाले नामको केपी गुट भएको भन्दै उनले त्यसविरुद्ध सशक्तरुपमा उत्रन आग्रह गरेका छन् । नेकपा एसनिकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रिय चुनावमा एमालेले पैसाको खोलो बगाएको समेत आरोप लगाए । ‘एमालेले जति पैसा खन्याए पनि जित हाम्रै भयो, आगामी दिनमा पनि त्यस प्रवृत्तिविरुद्ध लड्न जरुरी छ’, उनले भने ।

कम्युनिस्ट पार्टीभित्र आएको असहज परिस्थितिले कर्मचारी संगठन पनि प्रभावित भएको उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले भने– केही नेताहरुले कर्मचारीलाई ढाल मात्रै बनाउन खोजेका कारण समस्या भयो, अब संगठन पुनर्गठन गरेर अघि बढ्नुको विकल्प छैन ।


 

प्रतिक्रिया दिनुहोस