काठमाडौँ । न्याय सेवा आयोगको आज बसेको बैठकले सात उपसचिवलाई सहसचिव र १६ अधिकृतलाई उपसचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले न्याय समूहतर्फ सहसचिवमा भुवन गिरी, जगदीशप्रसाद भट्ट, सरकारी वकिल समूहमा हिमालयकुमार त्रिताल, यदुनाथ शर्मा, कोषहरि निरौला र कृष्णराज पन्त त्यस्तै कानुन समूहतर्फ शम्भुराज रेग्मीलाई बढुवा गर्ने निर्णय गरेको न्याय परिषद्का सचिव मानबहादुर कार्कीले जानकारी दिए ।
बैठकले उपसचिवमा न्याय समूह हरिप्रसाद रेग्मी, सदन अधिकारी, निरज पोखरेल र कृष्णप्रसाद अधिकारी, कानुन समूहबाट उत्तमप्रसाद खरेल, सरकारी वकिल समूहबाट उत्तम श्रेष्ठ, जनकप्रसाद घिमिरे र धर्मराज जोशीलाई उपसचिव बढुवा गर्ने निर्णय गरेको छ ।
यस्तै, न्याय समूहबाट भेषराज पौडेल, चेतराज पन्त, भेषराज कोइराला र विमल रेग्मीको बढुवा गर्ने निर्णय गरेको छ भने कानुन समूहबाट खिमानन्द ज्ञवाली, सरकारी वकिलबाट टेकराज अधिकारी, बद्रीकुमार कार्की र सन्तोषराज कटुवाल बढुवा हुनुभएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । बैठकमा जिल्ला न्यायाधीशको नजिता सार्वजनिक गर्ने विषय भने प्रवेश नै नभएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ माघ २०७८, १९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
१५ जना खेलाडीको विशेष बढुवा, सहायक हवल्दार बने सन्दीप जोरा
परराष्ट्रका पाँच उपसचिव सहसचिवमा बढुवा सिफारिस
रघुराम विष्ट सचिवमा बढुवा
काठमाडौँ महानगरका १२ नगर प्रहरीको बढुवा
तीन सहसचिव सचिवमा बढुवा