उपचार पछि फर्किएका वर्षमान पुन र माओवादी अध्यक्ष प्रचण्डबिच खुलमटारमा भेटघाट

प्रचण्डले गरे स्वास्थ्यलाभको कामना

सफल खबर संवाददाता

मंगलबार, ११ माघ २०७८, ०९ : ०४
उपचार पछि फर्किएका वर्षमान पुन र माओवादी अध्यक्ष प्रचण्डबिच खुलमटारमा भेटघाट

काठमाडौं । लामो समयको उपचार पछि स्वदेश फर्किएका माओवादी केन्द्रका नेता वर्षमान पुन र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटघाट भएको छ । 

प्रचण्ड निवास खुमलटारमा श्रीमती ओनसरी घर्तीसहित पुगेका पुनलाई प्रचण्डले स्वागत गर्दै स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।  पुन सोमबार चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर स्वेदश फर्किएका थिए।

बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि १० मंसिरमा उनलाई चीन लगिएको थियो। चीनमा लगिएपछि स्वास्थ्यमा सुधार आएको थियो । स्वास्थ्यमा सुधार आएसँगै पुनले चिनियाँ सरकारका उच्च अधिकारीहरुसँग पनि भेट गरेका थिए।
 

प्रतिक्रिया दिनुहोस