काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ। भोलि ८ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक कोरोना महामारीका कारण स्थगित भएको हो।
स्वास्थ्य मापदण्ड पालना सम्बन्धि सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरुको सुझाव आदिलाई मध्यनजर गरि अर्को निर्णय नहुदासम्म बैठक स्थगन गरेको माओवादी केन्द्रले जनाएको छ ।
स्थायी समिति बैठक भने भोलि विहान बस्नेछ । पार्टीको निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरुको बैठक स्वास्थ्य मापदण्ड पालना गरि भोलि विहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाडामा बोलाइएको माओवादी केन्द्रले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ माघ २०७८, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यक्ति मात्रै होइन पार्टीहरू नै माओवादीसँग जोडिन संवादमा छन् : प्रचण्ड
माओवादी पदाधिकारी बैठक माघ २ गते सर्यो
शान्ति प्रक्रिया राजनीतिक कारणले अड्कियो, सडकमा जाने तयारी गरौँ : प्रचण्ड
सरकारले संसद छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको माओवादीको निष्कर्ष (प्रस्तावसहित)
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
माओवादीले ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने