काठमाडौँ । नेकपा (एमाले) को काठमाडौँ जिल्ला कमिटीले संविधानको मर्म र भावनाबमोजिम स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
कमिटीको नवनिर्वाचित नेतृत्वको आज पदभारपछिको पहिलो बैठकले सोबारे सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकले यही माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन लाग्ने र कोभिड–१९ को महामारीका समयमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर २५ जनाभन्दा कम उपस्थितिमा गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । गत पुस २३ र २४ गते भएको जिल्ला अधिवेशनले दिपक निरौलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको थियो ।
अध्यक्ष निरौलासँगै उपाध्यक्ष नवराज पराजुली, सचिव राजेश शाक्य र उपसचिव तेजप्रसाद ढकाल र बिन्दु महर्जनले आज काठमाडौैँ महानगरपालिका–४ स्थित जिल्ला कार्यालयमा पदभार ग्रहण गरे । बैठकमा एमालेका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, पोलिटब्युरो सदस्य कृष्ण राई, केन्द्रीय सदस्य नारायण सिलवाल, विद्यासुन्दर शाक्य, रुपनारायण श्रेष्ठ, सरिता न्यौपाने, प्रदेश कमिटी सदस्य गणेशप्रसाद दुलाललगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ माघ २०७८, २० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माछा संरक्षण गर्दै बागलुङका स्थानीय तह
एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने
एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने
सुचनाको हक कार्यान्वयन गर्न सरकारको स्थानीय तहलाई सर्कुलर
काभ्रेका पाँच स्थानीय तहद्वारा पूर्णखोप सुनिश्चित घोषणा
वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न सीडीओहरुलाई निर्देशन