पशुपतिनाथ मन्दिरमा भक्तजनलाई रोक लगाइकोमा विरोध

सफल खबर संवाददाता

बुधबार, ०५ माघ २०७८, १६ : १०
पशुपतिनाथ मन्दिरमा भक्तजनलाई रोक लगाइकोमा विरोध

काठमाडौं । पशुपतिनाथमा कोरोना भाइरसको संक्रमण देखाएर भक्तजनलाई रोक लगाइएको भन्दै विरोध भएको छ । आजदेखि सरकारले पशुपतिनाथ मन्दिरमा नित्यपूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरेकोमा विरोध जनाइएको  हो । 

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता बद्री न्यौपानले नेपालमा हिन्दुहरुलाई मात्र रोक लगाउन थालिएको टिप्पणी गरे । उनले भने,‘क्रिश्चियनका चर्च र इस्लाम धर्मका मस्जिद पनि छ । तर, हिन्दु धर्मालम्बी जाने मन्दिरमा मात्र किन रोक ?’ उनले सरकारले लागू गरेका नियमअनुसार हिन्दू धर्मका कुनै पनि मन्दिरमा प्रवेश गर्न नपाइने भनिएकोमा आपत्ती जनाए । चर्चमा २५ जना मात्रले प्राथना नगर्ने भन्दै हजारौको संख्यामा प्रार्थना गर्ने उल्लेख गरे ।  हिन्दू धर्म र मन्दिरमा मात्र कोरोना लाग्ने सुन्दा बढो अनौठो लागेको उनको भनाई थियो । हिन्दूधर्मलाई मात्र सरकारले लक्षित गर्नुमा राजनीतिक दलहरुले नेपालबाटै हिन्दू धर्म सिद्धाउन खोजेको उनले आरोप लगाए । 

नेपालको १२ बुंदे समझदारी गर्दा भारतका सोनिया गान्धी, पश्चिमाको शक्तिको प्रभावबाट नेपालमा कम्युनिष्टहरु बनेको तर्क गरे । समाजसेवी तथा बृद्धिजिवि प्रकाश रायमाझीले राज्यले कोभिडको नाममा ब्रह्मलुट मच्चाइरेको बताए । राज्यले पशुपतिनाथ मन्दिरमा नित्य पूजा बाहेकका क्रियाकलापहरु बन्द गरेर कोभिडको नाममा आतंक मच्चाइरहेको उनले टिप्पणी गरे । कोभिडलाई राजनीतिक दलहरुले राजनीति गर्ने हतियार बनाएको उनको भनाई थियो । 

कार्यक्रममा बोल्दै बिश्वभक्त बाबाले धार्मीक संस्थाहरुले नै धर्म र राष्ट्र भनेको नबुझेको बताए । उनले राष्ट्र भनेकै धर्म भएको भन्दै नेताहरुले नबुझेको उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस