सुनको भाउ बढ्यो, कतिमा हुदैँछ कारोबार ?

सफल खबर संवाददाता

बुधबार, २८ पुस २०७८, ११ : ०८
सुनको भाउ बढ्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्यमा उतारचढाब आएको छ ।  

सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सयले बढेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी,  तेजावी सुनको मूल्य तोलाको ९१ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस