कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

सोमबार, २६ पुस २०७८, ०७ : ३४
कस्तो रहला आजको मौसम ?

काठमाडौँ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देखि देशभरको मौसम  आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर बदली भएको हो ।

अहिले कर्णाली, सुदूरपश्चिम, बागमती, प्रदेश २ र प्रदेश १ मा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भैरहेको छ ।सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ।सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश केही स्थान र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।यसैगरी राति सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहने छ ।

सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यसैबीच सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस