काठमाडौँ । जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेले कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसीसी)को आज बसेको बैठकले गरेका निर्णय अदूरदर्शी रहेको टिप्पणी गरेका छन् ।
बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सार्वजनिक स्थानमा कार्ड देखाएर मात्र प्रवेश पाउने जस्ता निर्णय गर्दै सम्बन्धित निकायमा सिफारिस गरेको थियो ।
तर पाण्डेले माघ १५ सम्म विद्यालय बन्द गर्ने निणर््य कुन आधारमा भयो भन्दै प्रश्न गरेका छन् । ‘कुन आधारमा माघ १५ सम्म गर्ने ? माघभर गरेको भए धेरै बिद्यार्थी गाउँ जान पाउँथे, माघको अन्त्यमा उच्चबिन्दुतर्फ महामारी पुग्दछ ।’
।
उनले होटल तथा रेष्टुरेन्ट, सिनेमा हल, रंगशालालगायतमा खोप कार्ड देखाएर मात्र प्रवेश पाउने निर्णयको प्रभावकारिता नहुने बताएका छन् । ‘अहिले खोप लगाएकाबाट खोप लगाएकालाई संक्रमण सरिरहेको छ । यो निर्णयको पनि प्रभावकारिता छैन’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ पुस २०७८, २१ : ५२
लेखकबाट थप