सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक

सफल खबर संवाददाता

आइतबार, २५ पुस २०७८, १९ : १३
सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक

काठमाडौँ । सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ।  आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले रातोपाटीलाई जानकारी दिइन् ।

‘सार्वजनिक स्थलमा २५ जना भन्दा बढी जम्मा हुने गरी भेला भेला, महोत्सव लगायत आयोजना नगर्न गृह मन्त्रालयमार्फत स्थानीय प्रशासनलाई लेखिपठाउन सिफारिस बैठकले गरेको छ’, उनले भनिन् ।
 

प्रतिक्रिया दिनुहोस