एकल आमाको सन्तानले नागरिकता पाउनुपर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन

सफल खबर संवाददाता

आइतबार, २५ पुस २०७८, १५ : ३५
एकल आमाको सन्तानले नागरिकता पाउनुपर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । जन्मसिद्ध र एकल आमाको सन्तानले नागरिकता पाउनुपर्ने माग राखेर काठमाडौंमा प्रदर्शन भएकाे छ । 

नागरिकताविहीन नागरिक संघर्ष समितिले आइतबार काठमाडौंको माइतीघर मण्डलामा नेपालको संविधानको धारा ११ को उपधारा ३ र ५ अनुसार जन्मसिद्ध र एकल आमाका सन्तानले नागरिकता पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेको हो । 

राज्यले आफूहरूलाई नागरिकता नदिएर गैर नागरिक बनाउन खोजेको उनीहरूको आरोप छ । साथै नागरिकता विधेयक संसदबाट पारित गर्न पनि उनीहरूको माग छ । माइतीघरमा जम्मा भएर उनीहरू नयाँ बानेश्वरसम्म -याली निकालेका थिए । 

प्रतिक्रिया दिनुहोस