काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् । पुस २५ गतेबाट कार्यभार सम्हाल्दै संस्थागत सुशासनलाई प्राथमिकतामा राखी कम्पनीलाई अब्बल सावित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पराजुलीले आफ्नो अनुभवहरूलाई आधार मानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लेटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताए । नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुनु गर्वको विषय भन्दै कम्पनीको छविलाई हरेक सूचकांकमा अझ बलियो सावित गर्नुपर्ने चुनौती रहेको बताए । पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ पुस २०७८, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल लाइफ इन्स्योरेन्सको २३ औं वार्षिकोत्सव सम्पन्न, रक्तदानदेखि वृक्षारोपणसम्म