प्रधानमन्त्री देउवा आइसोलेशनमा

सफल खबर संवाददाता

शनिबार, २४ पुस २०७८, १५ : २९
प्रधानमन्त्री देउवा आइसोलेशनमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् ।  देउवा शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको छ । 

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका प्रचण्डसँग देउवाको भेटघाट भएकाले प्रोटोकलअनुसार उनी आइसोलेट निर्णयमा पुगेको सचिवालयका एक सदस्यले बताए । केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि मात्रै उनी सार्वजनिक कार्यक्रममा निस्कने बताइएको छ ।