‘सिजि मेरिडिया’ प्रिमियम टिभी नेपाली बजारमा

सफल खबर संवाददाता

शुक्रबार, २३ पुस २०७८, ११ : १२
‘सिजि मेरिडिया’ प्रिमियम टिभी नेपाली बजारमा

काठमाडौँ । सिजि ब्राण्डअन्तर्गत सिजिले आफ्नो ‘सिजि मेरिडिया’ प्रिमियम टिभी नेपाली बजारमा ल्याएको छ । 

कला र प्रविधिको उत्कृष्ट मिलन मान सकिन्ने सिजि मेरिडियाको यस टिभी ‘बेजललेस डिजाइन’ जसले अगाडिको भागलाई पूर्ण रुपमा स्क्रीन मात्र बनाउन मद्दत पुर्याएको छ भने आकर्षकताका लागि ‘डायमन्ड कट’ डिजाइन प्रयोग गरिएको छ । यस टिभी रोमान्टिक आइफील टावरको स्ट्यान्डबाट प्रेरित सिजि ब्राण्डको लक्जरी उत्पादनहरूमध्ये एक हो ।
 
बजारमा आएको यस ‘सिजि मेरिडिया’ अल मेटल फ्रेम टिभी अत्याधिक उत्कृष्ट प्रविधिबाट तयार पारिएको टिभी हो । यस टिभीको मूख्य आकर्षण ‘पूर्णरुपको स्क्रीन हो जसले गुणस्तर तस्वीर, फराकिलो दृश्य कोण, इन्टीग्रेटेड अडियो जस्ता बिशेषताहरू प्रदान गर्दछ । मेरिडिया टिभीको हो अर्को आकर्षक बिशेषता ‘स्ट्रीमलाइन कभर’ प्रविधि जसले ग्राहकलाई वेब एक्सेसको सुविधा प्रदान गर्दछ । उक्त टिभीमार्फत ग्राहकले सजिलै यूट्यूब र आफ्ना सामाजिक सञ्जालमा प्रवेश गर्न पाउँनेछन् भने गुगल प्लेस्टोर र एपल स्टोरबाट आफूले चाहेको एप्सहरू डाउन्लोड गर्न सक्नेछन् । प्रिमियम उत्पादनहरूमध्ये एक पर्ने यस टिभीको इन ब्यूल्ट साउन्डबार स्पीकर पनि अर्को लोभलाग्दो पक्ष हो जसले ग्राहकलाई भर्चअलरुपमा घेर्ने, प्रष्ट र थियेट्रीक साउन्ड प्रदान गर्दछ । फ्रेमका लागि अल मेटल अवधारणाले यस टिभीलाई झनै आकर्षक र स्निग्ध बनाएको छ । 
 
त्यसैगरी, मेरिडिया टिभीका अन्य बिशेषताहरू जस्तैः कर्भ स्ट्यान्ड, पातलो बनावट,  ‘वाल-माउण्ट’ का लागि अत्यन्तै सही, सुरक्षित र व्यवाहारीक रहेको छ । सिजि ब्राण्डले आउने दिनहरूमा ‘सिजि मेरिडिया प्रिमियम सेगमेण्ट’ अन्तर्गत अरू पनि थुप्रै प्रिमीयम उत्पादनहरू बजारमा ल्याउने कम्पनीले जनाएको छ
 

प्रतिक्रिया दिनुहोस