पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-६ बरभञ्ज्याङमा आगलागी हुँदा तीन वटा घर र ६ वटा पसल जलेर नष्ट भएका छन् । बुधबार साँझबाट लागेको आगो मध्यराति मात्र नियन्त्रणमा आएको थियो ।
आगालागीबाट कम्तिमा १ करोड ९० लाख बराबरको क्षति भएको आँकलन गरिएको छ । बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बा लिम्बुको घरमा विद्युत सर्ट भई घरबाट आगलागी सुरु भएको थियो । आगलागीमा मेयोङ्बाको २ तले घर, दूग्ध डेरी, किराना पसल र नगद ७ लाख तथा सोही घरमा रहेको नेपाली कांग्रेस फालेलुङ–६ को वडा कार्यालय जल्दा ५७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
छिमेकी रामजीत राई र मनबहादुर राईको घरमा समेत आगो सल्केको थियो । आगलागीमा रामजीत राईको दुई तले घर र घरमा रहेका करीब ३५ लाखका सामग्री तथा उक्त घरमा डेरा गरी पसल गर्ने धर्म केरुङको किराना पसल र टेलर्स आगलागीमा जल्दा करीब पाँच लाखको क्षति भएको छ ।
मनबहादुर राईको दुई तले घर, उक्त घरमा स्थानीयवासी मेहेन्द्र राईले सञ्चालन गर्दै आएको आइएमइई मनि ट्रान्सफर शाखा कार्यालय, मेहेन्द्रकै जुत्ता पसल तथा नगद र गरगहना जलेका छन् । सोही घरमा स्थानीयवासी धनप्रसाद राईले सञ्चालन गरेको किराना पसल र कम्प्युटर सेन्टर, सुरेन्द्र राईले सञ्चालन गरेको फेन्सी पसल र अलैंची गोदाम तथा रञ्जना राईको टेलर्स जल्दा हुँदा ९३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आगलागी नियन्त्रणका लागि प्रहरीको सिदिन, प्राङबुङ र नांगीन प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालित हुनुका साथै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक डम्बर विश्वकर्माको कमाण्डमा २५ जना तथा सशस्त्र प्रहरी बल २ नं। हेडक्वाटर हिमशिगर गुल्म फिदिमबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र साउँदको कमाण्डमा १४ जनाको टोली आगलागी नियन्त्रणका लागि घटनास्थल पुगेको थियो ।
फिदिमबाट गएका दुई वटा दमकलको सहायताले स्थानीयवासी र सुरक्षाकर्मीले मध्यरात १ बजे आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । आगलागीमा घर गुमाएकाहरु छिमेकीको शरणमा बसेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ पुस २०७८, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५ महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु
लस एन्जलिसको आगलागी कुन क्षेत्रमा फैलिरहेको छ ?
अमेरिकामा आगलागी : मृत्यु हुनेको संख्या १६ पुग्यो, १३५ अर्ब डलर क्षति
अमेरिकाको आगलागीमा मर्नेको सङ्ख्या ११ पुग्यो
आगलागीमा परी एकको मृत्यु
सोलुखुम्बुमा आगलागी हुँदा १ जनाको मृत्यु