सोलुखुम्बु । गएराति सोलुखुम्बुमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ।
सोलुदूधकुण्ड नगरपालिका-२ थुम्लिङमा रहेको एक गोठमा आगलागी हुँदा ४० वर्षीय एक पुरुषको मृत्यु भएको हो।
मृत्यु हुनेमा माप्य दूधकोशी गाउँपालिका-१ घर भइ थुम्लिङमा बस्दै आएका अन्दाजी ४० वर्षीय नवराज खालिङ रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।
गएराति करिब १२ बजे भएको खालिङको मृत्यु भएको हो। उनले चुरोट खाने क्रममा गोठमा आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ पुस २०८१, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौंको कलंकीमा आगलागी
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु
रामेछापको रामपुरमा आगलागी, पाँच घर–गोठ जले
सेन्ट्रल प्लाजाको आगलागीमा फसेकाहरुकाे हेलिकप्टरबाट उद्धार गरिँदै
दाङको एक काठ उद्योगमा मध्यरातमा आगलागी
आगलागीका घटनामा ६ को मृत्यु, ३८ परिवार विस्थापित