एजेन्सी । अमेरिकाको लस एन्जलिसमा लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । आगो अझै फैलिरहेको क्षेत्रहरूमा पालिसेड्स, ईटन र हर्स्ट समावेश छन्।
अमेरिकाको लस एन्जलसमा लागेको आगलागीका कारण हालसम्म १६ जनाको मृत्यु भएको छ । इटनमा भएको आगलागीमा ११ जनाको मृत्यु भएको छ भने पालिसेड्समा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको छ ।
आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पलिसेडेस पहिलो स्थानमा छ। यहाँ २३ एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको आगो ११ प्रतिशत मात्रै नियन्त्रणमा आएको छ ।
हर्स्टको आगो ७९९ एकडमा फैलिएको र यहाँ ७६ प्रतिशत आगो नियन्त्रणमा आएको छ । राष्ट्रिय मौसम सेवाले हावाको बहाव फेरि बलियो हुन सक्ने चेतावनी दिएको छ ।
यता, दमकल विभागले केनेथमा लागेको आगो शतप्रतिशत नियन्त्रणमा आएको जानकारी दिएको छ ।
अमेरिकामा कूल ६ स्थानमा आगलागी भएको छ, जसमध्ये चार ठाउँमा आइतबार पनि आगो निभाउने काम भइरहेको छ । केनेथमा बिहीबारदेखि आगो लागेको थियो।
केनेथको १,०५२ एकडमा आगो फैलिएको थियो। आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये केनेथ तेस्रो स्थानमा छ । तर, आगो शतप्रतिशत नियन्त्रणमा आउनुको अर्थ पूर्णरुपमा निभिएको होइन । यसको मतलब आगो अझै फैलिनबाट रोकिएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २९ पुस २०८१, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति
कोहलपुरमा फेन्सी पसलमा आगलागी
काभ्रेको रोशीमा आगलागी, २ बालबालिका घाइते
आगलागीबाट १० घर जले, ६० लाख बराबरको क्षति
ढल्केबर सबस्टेसनमा एकैदिन दुई पटक आगलागी, अनुसन्धान गर्दै प्राधिकरण
अछाम आगलागी अपडेट : २७ घर नष्ट, सात करोड बढीको क्षति