काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई स्याबासी दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्ला एक्सनको लागि मन्त्री आलेलाई स्याबासी दिएका छन् ।
मन्त्रिपरिषदको बुधवारको बैठकमा मन्त्री आलेले सरकारी सम्पत्ति संरक्षण र सम्पदाहरुमा बनाउन लागिएका संरचनाहरु बन्न नदिने अडान लिएपछि प्रधानमन्त्रीले ‘स्याबास’ भनेका हुन् । आलेले मौखिक आदेशबाट नारायणहिटी संग्रहालयभित्र क्याफ्टेरिया निर्माणको कार्य रोकिएको छ ।
मन्त्रिपरिषद बैठकमा आलेले मन्त्रिपरिषद बैठकबाट हुने कुरा बाहेक मन्त्रीस्तरबाटै निर्णय गरेर सार्वजनिक सम्पत्तिहरुको संरक्षणका कदम चाल्ने जानकारी गराएका थिए । ‘गणतन्त्र ल्याएको राजाका करोडौका सम्पत्ति कौडीको भाउमा व्यापारीलाई दिनको लागि हो ? नारायणहिटी संग्राहलयमा आज कसैले क्याफ्टेरिया खोल्छ, भोलि वाइन सप खोल्छु भनेर अर्को आउला यसरी दिने हो कि संरक्षण गर्ने हो’ मन्त्री आलेको भनाइ थियो । अरु मन्त्रीले पनि उनका पछिल्ला कदमको प्रशंसा गरेका थिए। आलेले पर्यटन बोर्डका सिइओ हटाउन छानविन समिति गठन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ पुस २०७८, १९ : ०२
लेखकबाट थप