महालक्ष्मी विकास बैंकद्वारा बाँसगढी नगरपालिकालाई Tree Guard प्रदान

सफल खबर संवाददाता

बुधबार, २१ पुस २०७८, १७ : १२
महालक्ष्मी विकास बैंकद्वारा बाँसगढी नगरपालिकालाई Tree Guard  प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंक बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महेन्द्र राजमार्गमा रहेका बोट बिरुवाको संरक्षणका लागि दश थान Tree Guard सहयोग स्वरुप प्रदान गरेको छ । 

कार्यक्रममा  नगरपालिकाका कार्यकारी प्रमुख धन बहादुर चन्द, बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेल तथा बिभिन्न बैंक तथा वित्तिय संस्थाका प्रतिनिधी र पत्रकारहरुको सहभागिता रहेको थियो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले जनाएको छ ।  

 बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chip based Travel Card, eCommerce card / Dollar card जारी गरिसकेको छ । समग्रमा chip based Travel Card, eCommerce card / Dollar card  जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक :महालक्ष्मी विकास बैंक रहेको छ ।