काठमाडौं । सेयर बजारमा मंगलबार ६३ अंकले सुधार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सुचक ६३ दशमलव १ अंकले वृद्धि भई दुई हजार ६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ । यसदिन दुई सय ३४ कम्पनीका ९१ लाख १० हजार कित्ता सेयर किनबेच हुँदा चार अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार नेप्सेसँगै अधिकांश समूहगत परिसूचकहरू पनि सकारात्मक भएका छन् । यसदिन उत्पादन र अन्य समूह बाहेकका समूहगत परिसूचक वृद्धि भएका छन् । सबैभन्दा बढी विकास बैंक समूह ५ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । मंगलबार एक सय ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको स्थिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० पुस २०७८, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से २७ अंकले घट्यो , ४ अर्ब ५९ करोडको कारोबार
नेप्से दोहोरो अंकले बृद्धि, सात अर्ब बढीको कारोवार
नेप्सेमा २६ अंकको गिरावट, ६ अर्ब ७७ करोडकाे काराेबार
नेप्सेमा ४४ अंकको वृद्धि , ३ अर्ब ७१ करोडको कारोबार
नेप्सेमा २३ अङ्कको गिरावट
४९ अंक बढ्यो सेयर बजार, कारोबार घट्यो