गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा कोरोना सङ्क्रमितका कारण ज्यान गुमाएकाको परिवारले रु २० हजारका दरले राहत प्राप्त गरेका छन् ।
आर्थिक वर्ष २०७८-८९ मा विनियोजित गरेको रु तीन लाख ६० बजार बजेटअनुसार मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको काठेखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा सङ्क्रमणका कारण हालसम्म १८ जनाले ज्यान गुमाइसकेका छन् ।
काठेखोलाका अध्यक्ष अमरबहादुर थापाले भने , “ कोरोनाबाट ज्यान गुमाउनेको परिवारका लागि सानो भए पनि राहत होस् भन्ने हेतुले रकम प्रदान गरेका छौँ ,स्थानीय सरकारले घाउँमा मल्हममात्रै लगाउन खोजेको हो, कोरोनाका कारण बेरोजगार भएर नेपाल आएकालाई सीमानाकाबाट घर ल्याउने, क्वारेन्टिनमा राख्ने, परीक्षण, औषधोपचार तथा निःशुल्क एम्बुलेन्स सेवासमेत दिएको थियो ।”
गाउँपालिकाले कोरोनाका कारण बेरोजगार भएर घर फर्केकालाई प्राथमिकतामा राखेर प्रभानमन्त्री रोजगारी कार्यक्रमलाई आवद्ध बनाइराखेको छ । गाउँपालिकाले कोरोना महामारीमा काठमाडौँ, काँकडभिट्टा, सुनौलीलगायत नाकाबाट नागरिकको निःशुल्क उद्धारसमेत गरेको थियो । गण्डकी प्रदेश सरकारले समेत कोरोनाबाट मृत्यु भएकाको परिवारलाई जनही रु ५० हजार दिने निर्णय गरेको छ ।
यसअन्तर्गत बागलुङका १० मृतकका परिवारले रु ५० हजार राहत रकम पाइसकेका छन् भने अन्यको कागजात सङ्कलनको काम भइरहेको स्वास्थ्य कार्यालय का प्रमुख सुरज गुरौले जानकारी दिए ।
जिल्लामा कोरोनाबाट मृत्यु भएको सङ्ख्या ७२ छ । तर बागलुङ ठेगाना भई अन्यत्र उपचारका क्रममा मृत्यु भएकाको सङ्ख्या जोड्दा १०० भन्दा बढी पुग्नेछ । उनले भने, “गाउँपालिकाको स्वास्थ्य शाखाबाट हामीले तथ्याङ्क लिइरहेका छौँ, सङ्कलित तथ्याङ्कबाट मासिकरूपमा हामीले भुक्तानी गर्ने गरेका छौँ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ पुस २०७८, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समयमै भुक्तानी पाएपछि उखु किसानलाई राहत
२३८ जना मृतकका परिवारलाई ४ करोड ७६ लाख राहत प्रदान
कुन स्थानीय तहले कति पाउँदैछन् राहत रकम ?
खेलाडीका परिवारलाई ८ लाखका दरले राहत
बाढीमा परी मृत्यु भएकाको परिवारलाई राहत रकम प्रदान
सिस्नेरी पहिरोमा मृत्यु भएका तीन विद्यार्थीका परिवारलाई राहत