एमसीसीविरुद्ध नेमकिपाले गर्यो बानेश्वरमा प्रदर्शन

सफल खबर संवाददाता

शुक्रबार, १६ पुस २०७८, १५ : १६
एमसीसीविरुद्ध नेमकिपाले गर्यो बानेश्वरमा प्रदर्शन

काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न खबरदारी गर्दै नेपाल मजदूर किसान पार्टीले संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको छ ।

पार्टीका कार्यकर्ताहरुले नयाँ बानेश्‍वरको तीनवटा चोकहरुमा पर्चा, पम्प्लेटसहित प्रदर्शन गरेका हुन् । कोटेश्वरबाट आएकाहरु सिभिल अस्पताल अगाडि, माइतीघरबाट आएकाहरु एभरेस्ट होटल अगाडी र पुरानो बानेश्‍वरबाट आएका प्रदर्शनकारीले पानी ट्‍यांकी अगाडि  एमसीसीविरुद्ब नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस