केराखेती नष्ट गरेको प्रति एमाले चितवनको ध्यानाकर्षण

मंगलबार, १८ बैशाख २०७५, १९ : ३६
केराखेती नष्ट गरेको प्रति एमाले चितवनको ध्यानाकर्षण

चितवन । नेकपा एमाले चितवनले कालिका नगरपालिकाको वडा नंं ६ मा किसानले लगाएको केरा खेती अज्ञात समुहले पारेको क्षती प्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।
एमाले चितवनका कार्यवाहक अध्यक्ष तेजेन्द्रवहादुर खड्का द्वारा जारी विज्ञप्तीमा किसानले लगाएको केरा खेतीमा पु¥याएको क्षती प्रति दुःख प्रकट गर्दै दोषी उपर कार्वाही गर्न माग गरिएको छ । आफ्नो वारीमा लगाएको केराखेतीमा नियतवस नोक्सान गर्ने उद्देश्यले फडानी गर्नु निन्दनीय काम भएको भन्दै दोषीलाई तत्काल खोजविन गरी कार्वाही गर्न सम्वन्धीत निकायलाई माग गरिएको छ ।

साथै विज्ञप्तिमा केरा खेती गर्ने किसानलाई परेको समस्या समाधान गरी सहयोगको लागि एमाले चितवनले आवश्यक पहल कदमी गर्न तयार भएको जनाइएको छ । आफ्नो काम गरी खान पाउने अधिकारलाई हनन् गरी नोक्सान गर्ने व्यक्तिलाई कुनैपनि वहानामा नछा्डन भनिएको छ ।

साथै निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले केराखेतीमा नचिनेका व्यक्तिले गरेको फडानीको निन्दा व्यक्त गरेका छन् । छुट्टै विज्ञप्ति जारी गरी दोषीलाई नियन्त्रणमा लिएर कार्वार्ही गर्न सम्वन्धीत निकाय समक्ष माग गरिएको छ । नोक्सान परेका किसानलाई क्षतिपुर्ती उपलब्ध गराउनको लागि सरकार समक्ष माग गरिएको छ । आफ्नो तर्फबाट पीडित पक्ष किसानलाइ राहत उपलब्ध गराउनको लागि पहल गर्ने विज्ञप्तिमा जनाइएको छ ।      

 

प्रतिक्रिया दिनुहोस