घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

सफल खबर संवाददाता

मंगलबार, १३ पुस २०७८, १२ : ३०
घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९३ हजार तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार २०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ५०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार ७०० तोकिएको थियो ।    

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २६० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१२ डलर आसपास कारोबार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस