महोत्तरी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया बजारमा गए राति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरी लाखौँको क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बजारमा स्थानीय रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द्र साहको चिया पसल, शम्भु साहको खाजा पसल र मङ्गल साहको चिया पसलमा अज्ञात समूहले गए राति करिब ९ बजेको समयमा आगजनी गरेका छन् ।
आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेञ्च, टेबुल, फ्रिज, भाँडाकुँडा, ग्यास सिलिण्डर, चुल्हा र घरसमेत जलेर रु पाँच लाख बढीको क्षति भएको पसलेहरूले बताएका छन् ।
पसलमा रातिको बेला कोही नभएको अवस्थामा आगजनी गरिएको थियो । आगो नियन्त्रणमा लिन नसक्दा सबैथोक जलेर नष्ट भई लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १३ पुस २०७८, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका स्थानीयले रेलमार्ग सर्भे टोलीको गाडीमा गरे आगजनी
विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो
अज्ञात समूहद्वारा स्मल हेभन मोडेल स्कुलको बसमा आगजनी