सुनको मुल्य बढ्यो, कति पुग्यो तोलामा ?

सफल खबर संवाददाता

सोमबार, १२ पुस २०७८, ११ : १३
सुनको मुल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौँ । साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनको मूल्य सामान्य रुपमा उकालो लागेको छ।

आज सुनको मूल्य एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य तोलामा १० रुपैयाँले बटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस