काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले विभिन्न चरणमा भएको राजनीतिक आन्दोलन प्रयोगशालामा सीमित हुन नहुने बताएका छन् ।
माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले जनताले व्यवस्था फेरियो, अवस्था फेरिएन भन्ने गरेको भन्दै राजनीतिक आन्दोलनलाई प्रयोगशालामा सीमित गर्न नहुने बताएका हुन् ।
आफ्नो सम्बोधनका अधिकांश समय माओवादीप्रति जनताले निकै प्रश्न उठाएको र यसको नेतृत्वले जवाफ दिनुपर्ने बताएका उनले घुमाउरो शैलीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनका क्रममा जनतामाझ गरिएको वाचा पूरा नहुनुको जवाफ दिनुपर्ने बताए।
महाधिवेशनमा अन्य दलका प्रतिनिधिले बाेल्नेक्रम जारी छ । महाधिवेशन १५ पुससम्म चल्ने माओवादीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ पुस २०७८, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रका उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै
अपराधिक कार्य गर्ने सबैलाई कारबाही गर : माओवादी केन्द्र
दलित समुदायको उत्थान नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन : राधेश्याम पासवान
सरकारकै नालायकीले राजावादीहरू सक्रिय भएको माओवादीको निष्कर्ष
माओवादीको पहलमा प्रदर्शनको तयारीमा गणतन्त्रवादीहरू
पूर्वसांसद साह माओवादी केन्द्रमा प्रवेश